१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

सनराइज बैंक लिमिटेडले कञ्चनपुर कृष्णपुर नगरपालिका– ७ कलुवापुर र डडेल्धुराको अजयमेरू गाउँपालिका– ५ देवलदिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।

बैंकले वैशाख १५ गते शुक्रबार कलुवापुरमा १०१औँ र देवलदिव्यपुरमा १०२औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको हो। यी शाखारहित बैंकिङ सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या एक सय दुई पुगेको छ।

बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ। सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुने बैंकले जनाएको छ।

बैंकले हाल एक सय ३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउन्टर, एक सय ६२ वटा एटिएम र एक सय दुईवटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ।