१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:२o:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘खोटाङ प्रतिभा-२०८०’ छनोट प्रतियोगिता ४ भदौमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२o:oo

‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिता आगामी भदौ ४ गते काठमाडौंमा हुने भएको छ। 

गाउँ तथा कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले खोटाङ कलाकार समाजले ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिता आयोजना गरेको हो। 

प्रतिस्पर्धामा जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक–एकजना प्रतिभा छनोट गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राईले जानकारी दिए। पालिकास्तरीय प्रतियोगिताबाट छनोटमा परेका प्रतिभा आयोजकले बुधबार दिक्तेलमा पत्रकार सम्मलेनमार्फत सार्वजनिक गरेको छ। 

आयोजकले सार्वजनिक गरेको नतिजाअनुसार गायनतर्फ दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी–तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुंगा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐंसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली चयन भएका छन्। 

यस्तै, नृत्यतर्फ दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुंगा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना राई, ऐंसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिसन मगर र साकेला गाउँपालिकाबाट सुजता भुजेल चयन भएका छन्। जिल्लाको ग्रामीण तथा सुदूर गाउँहरूमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभामध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन–तीनजना प्रतिभा छनोट गरिएको जनाइएको छ। 

पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०–३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौंमा हुने फाइनल प्रतिस्पर्धामा पालिकास्तरीय प्रतियोगितामा प्रथम भएका एक–एकजना प्रतिभालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ । गत वैशाख ५ गते बराहापोखरी गाउँपालिकाबाट सुरु गरिएको पालिकास्तरीय प्रतिभा छनोट प्रतियोगिता वैशाख १९ गते साकेला गाउँपालिकामा आएर समापन गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिए।  

खोटाङ सेवा समाज बेलायतसँगको सहकार्यमा आयोजना गरिएको ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताका विजयीलाई नगद पुरस्कार दिने तयारी गरिए पनि राशिबारे निर्णय गर्न बाँकी रहेको महासचिव राईले बताए। 

काठमाडौंमा हुने प्रतियोगिता अन्य रियालिटी शोभन्दा कम नहुने आयोजकले दाबी गरेको छ। ‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ ‘खोटाङ प्रतिभा–२०८०’ छनोट कार्यक्रम आयोजना गरिएको हो। 

खोटाङ घर भई काठमाडौंलाई कार्यक्षेत्र बनाएर गीत–संगीतलाई आफ्नो पेसाको रूपमा अंगालेका खोटाङे कलाकारहरूले ०७७ सालमा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो। कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर संघर्ष गरिरहेका खोटाङे कलाकारहरूको साझा मञ्चको रूपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरूले बताएका छन्। 

खोटाङ कलाकार समाजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरू सहभागी छन्। खोटाङ कलाकार समाजले स्थापनाकालबाटै मातृभूमि खोटाङ तथा राजधानी काठमाडौंमा सांगीतिक क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न क्रियाकलाप गर्दै आएको छ।