१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सर्वोच्च अदालतले अविलम्ब प्रधानन्यायाधीश पाउनुपर्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३१:oo

अविलम्ब प्रधानन्यायाधीशको नियुक्ति गर्न माग गर्दै नेपाल बार एसाेसिएसनले आन्दोलन जारी राखेको छ। 

बुधबार पनि नेपाल बार परिसरमा कानुन व्यवसायीले आन्दोलन जारी राखेका हुन्। उनीहरूले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गरेका छन्।

आन्दोलनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसाेसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपालिका प्रमुख अविलम्ब पाउनुपर्ने बताए। 

अटोमेटिक ढंगबाट पेसी व्यवस्थापन प्रणाली हुनुपर्ने पनि बताउँदै उनले नेपालका विभिन्न निकाय आफ्नो भूमिकाबाट टाढिँदै गएकोमा चिन्ता व्यक्त गरे। 

नेपाल बार एसाेसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको आन्दोलन व्यक्तिका लागि नभई संस्थाको लागि र अदालतमा भइरहेको गलत कामहरूका लागि भएको बताए। 

कानुन व्यवसायीहरूले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतहरू रिक्त रहेका न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।