
अलग–अलग तेलका अलग–अलग गुण हुन्छन् । तपाईंको कपालको प्रकार र आवश्यकताअनुसार यसको चयन गर्नुपर्छ । नरिवलको तेलमा कपालका लागि आवश्यक पौष्टिक तत्व प्रचुर मात्रामा हुन्छ । यसले कपालको टेक्सचर सुधार्छ । चाँडै बढ्न सहयोग गर्छ ।
तिलको तेललाई आयुर्वेदमा सबैभन्दा सन्तुलित तेल मानिन्छ । यसमा पोषक तत्व भरपूर हुन्छन् । यसमा रहेको भिटामिन ई, मिनरल, प्रोटिन र लेसिथिनले कपाललाई पोषण दिनुका साथै चायाँबाट समेत बचाउँछ ।
सुक्खा कपालका लागि बदामको तेल लगाउनु राम्रो हुन्छ । यसले कपालको रुखोपन कम गर्ने र चमक बढाउने काम गर्छ । चायाँयुक्त चिल्लो कपालका लागि ओलिभ तेल प्रयोग गर्नु राम्रो हुन्छ ।