Skip This
दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका दार्चुला
२o८o बैशाख २० बुधबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार o८:५९:oo

दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलनको पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।  सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाकी ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका छन् ।

दुवैजना आमाछोरा हुन् । यस्तै, डोटीको जोरायल गाउँपालिकाकी ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापासमेत हिमपहिरोमा बेपत्ता भएका छन् । 

गए रातिदेखिको लगातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताए । ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ,’ उनले भने, ‘हिमपात रोकिएपछि घटनास्थलमा जाने तयारीमा छौँ ।’ 

मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मंगलबार साँझ घटनास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाइ भएपछि सो सोली गएराति छाङरुस्थित गुल्ममा फर्किएको थियो । 

‘घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन,’ डिएसपी भट्टले भने । हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा संकलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको बताए।  

वर्षा र हिमपातका कारण यार्सागुम्बा स‌ंकलन प्रभावित बनेको छ । संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा संकलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए। यार्सागुम्बा संकलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए ।

ad
ad
ad
ad