१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसमा तत्काल नीति अधिवेशन आवश्यक छ : प्रकाशमान सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५७:oo

कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसमा तत्कालै नीति अधिवेशन आवश्यक रहेको बताएका छन्। 

रामेछाप जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले बदलिएको परिस्थितिको समीक्षा गरेर नयाँ बाटो तय गर्नुपर्ने बताएका हुन्। 

परम्परागत शैलीले मात्रै आगामी चुनौती सामना गर्न नसकिने भन्दै नयाँ पुस्ताको भावना र चाहना समेटेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। 

‘पार्टी सुधारको एक मात्रै विकल्प विधिसम्मत सञ्चालन हो। पछिल्लो समय मूल्यांकन पद्धति ठीक नहुँदा पार्टीमा दुःख गरेकाहरू पाखा पर्दै गएका छन्,’ उनले भने, ‘बदलिएको परिस्थितिको समीक्षा गरेर नयाँ बाटो तय गर्न तत्काल नीति अधिवेशन आवश्यक छ।’