मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १९ मंगलबार १३:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी प्रिमियरको उपाधि उचाल्दै एसिया कपमा नेपाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १३:१५:oo

नेपाल एसिसी प्रिमियर कप क्रिकेटको उपाधि उचाल्दै एसिया कपमा छनोट भएको छ।

मंगलबार सम्पन्न फाइनल खेलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट हुन सफल भएको हो। 

नेपाल पहिलोपटक एसिया कपका लागि छनोट भएको छ। ऐतिहासिक सफलतासँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा लागि स्थान सुरक्षित गरेको छ। 

युएईले दिएको एक सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि गुल्सन झाले ८४ बलमा ६७ रन बनाए भने भीम सार्कीले ७२ बलमा ३६ रन बनाए। 

फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १८ रनको चुनौती दिएको थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएई ३३.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटिएकाे थियाे।

हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेट गुमाउँदै एक सय ६ रन बनाएको थियो । खेल वर्षाका कारणले रोकिएपछि आज हिजोकै ओभरबाट खेल सुरु भएको हो।    

युएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएका थिए । ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिएका थिए।

त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुल्सन झा र सोमपाल कामीले समान एक–एक विकेट लिएका थिए । युएईलाई पराजित गरेसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने लक्ष्य पूरा गरेको छ।