Skip This
चार महिनादेखि उठेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख १९ मंगलबार १२:o९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार महिनादेखि उठेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १२:o९:oo

अस्पतालको फोहोर दैनिक उठाएबापत चन्दननाथ नगरपालिका जुम्लाले मासिक ६ हजार रुपैयाँ उपलब्ध गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लासँग सम्झौता गरिएको छ। तर, अस्पतालको हाताभित्र रहेको फोहोर चार महिनादेखि उठेको छैन।
  
लामो समयदेखि फोहोर नउठेका कारण अस्पतालमा दुर्गन्ध फैलिने खतरा बढेको छ। अस्पतालभित्रको शव घरनजिकैको खाली जमिनमा खुला रूपमा फोहोर थुप्रिएकोले दिनप्रतिदिन दुर्गन्ध फैलिइरहेको छ। 
 
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा फोहोर उठ्न नसक्नु विडम्बना भएको स्थानीय नवराज श्रेष्ठ बताउँछन्। उनले भने, ‘फोहोर व्यवस्थापन नहुँदा अस्पताल दुर्गन्धित भयो। फोहोर भएको स्थानमा चराचुरुंगीहरूदेखि कुकुरहरूसमेत आउने गरेका छन्।’

अस्पताल निर्देशक डा. राजीव शाहले चार महिनादेखि फोहोर उठ्न नसकेको बताए। उनले भने, ‘फोहोर संकलन अस्पतालले गर्नुपर्ने हो । संकलित फोहोर नगरपालिकाले उठाउनुपर्ने हो, तर चार महिनादेखि फोहोर जम्मा मात्रै भइरहेको छ । उठ्न सकेको छैन।’

फोहोर उठाउन नगरपालिकासँग सम्झौता भएको छ । १५ देखि २० वटा ट्याक्टर भरिने गरी अस्पतालको हाताभित्रै फोहोर थुप्रिएको उनको भनाइ छ।

अस्पतालमा थुप्रिएको फोहोर व्यवस्थापन गर्नसमेत चन्दननाथ नगरपालिकालाई अस्पताल प्रशासनले आग्रह गरेको छ । पटक–पटक फोहोर उठाउन नगरपालिकासँग समन्वय भइरहेको छ। तर, नगरपालिकाले फोहोर उठाउन मानिरहेको छैन। 

फोहोरका कारण ओपिडीमा उपचार गर्न आउने बिरामीदेखि अस्पताल हुँदै ओहोरदोहोर गर्ने सेवाग्राहीले सास्ती भोग्दै आएका छन्। 

सदरमुकाम खलंगाबजारमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न नसकिरहेकाे नगरपालिकाले अस्पतालको फोहोर उठाउनेतिर ध्यान नै पुगेको छैन।

नगरपालिकाले फोहोर नउठाइदिएपछि तत्कालका लागि चेरेचौरमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा खाडल खनेर व्यवस्थापन गर्ने कि भन्ने विषयमा समेत छलफल भइरहेको छ।

आगामी दिनमा नगरपालिकासँग बसेर फोहोर उठाउनेबारे गहन छलफल अघि बढाउनेसमेत अस्पतालले योजना बनाइरहेको छ। चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले प्रतिष्ठानको फोहोर नउठ्नुमा धेरै कारण भएको बताए। 

उनले भने, ‘नगरपालिकासँग कुनै समन्वय–सहकार्य छैन । बैठकमा पनि नगरपालिकालाई कहिल्यै बोलाइँदैन। प्रतिष्ठान पार्टीकरण भइसक्यो। त्यहाँ धेरै समस्या छन् । नगरप्रमुख सिनेटको सदस्य पनि हो। सिनेट बैठकमा पनि बोलाउने गरिएको छैन। रायसल्लाह, सुझाव पनि लिने गरिएको छैन।’