१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२७ वैशाखबाट आइएमई जनरल र प्रुडेन्सियलको एकीकृत कारोबार हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२२:oo

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर २७ वैशाखबाट एकीकृत कारोबार गर्ने भएका छन् । गत २७ माघमा यी दुई कम्पनीले एक–आपसमा मर्ज हुने प्रारम्भिक सहमति गरेका थिए । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर दुई कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् । 

यी कम्पनीलाई एकीकृत कारोबार गर्न नियामक निकाय नेपाल बिमा प्राधिकरणले २६ चैतमै अनुमति दिइसकेको छ । नेपाल धितोपत्र बोर्डले गत १२ वैशाखमा मर्जर स्वीकृति दिएको थियो । यी दुई कम्पनी १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जपछि बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी राख्ने सहमति भएको छ ।

कम्पनीका अध्यक्ष भने हेमराज ढकाल बन्ने सहमति भएको छ, हाल उनी आइएमई इन्स्योरेन्सका अध्यक्ष छन् । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पनि आइएमईकै हालकै सिइओ योगेशभक्त बादे श्रेष्ठ बन्ने सहमति भएको छ । प्रुडेन्सियलका सिइओ श्रवण रावल भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने सहमति भएको छ ।

आगामी असारभित्र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीले पाँच अर्ब न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्नेछ । त्यसपछि पुँजी बढाउनका लागि बिमा कम्पनीहरू मर्ज हुँदै छन् । सोही क्रममा यी कम्पनी मर्ज भएका हुन् । मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी तीन अर्ब दुई करोड ९३ लाख ३३ हजार रुपैयाँ पुग्नेछ । हाल आइएमई एक अर्ब ८० करोड ३७ लाख ५० हजार र पु्रडेन्सियलको एक अर्ब २२ करोड ५५ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी छ । 

ad
ad