Skip This
तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १८ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १८ सोमबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तेह्रथुमको छथरमा उद्यमशीलता विकास तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १८ सोमबार ११:४६:oo

तेह्रथुमको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारीअनुसार त्यस क्षेत्रका ५७ जना स्थानीयलाई एक साता लामो तालिम प्रदान गरिएको हो । 

स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन तालिम सहयोगी हुने नबिल बैंकले विश्वास व्यक्त गरेको छ । उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्‍याई देशभित्रै उद्यम प्रवद्र्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ तालिम दिइएको बैंकको भनाइ छ । बैंकले दिगो बैंकिङ अवधारणाअनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको उल्लेख गरेको छ ।

 कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुखलगायत नबिल बैंकका कोसी क्लस्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखाप्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रममा बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमख नीरजकुमार बस्नेत ‘डनिल’ले उद्यमी बन्न चाहनेका लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताका लागि तालिम सहयोगी हुने बताए । उद्यमशीलता विकास स्वरोजगार प्रवद्र्धनमा नबिल बैंकको सधैँ साथ रहने उनको भनाइ थियो ।