१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीर अस्पतालमा कार्यरत स्टार्फ नर्स मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४८:oo

काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौं महानगरपालिका– १६ बोहराटारस्थित एकजना चिकित्सकको कोठामा मृत भेटिएकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार शनिबार अपराह्न उक्त घटना भएको हो। घटनाबारे प्रहरीलाई ४ बजे खबर भएको, तर हालसम्म शव घटनास्थलमै रहेको प्रहरीको भनाइ छ।

उनले कोसी अस्पतालमा कार्यरत डा. सुजन ढकालको कोठामा उनी मृत भेटिएको जानकारी दिए। घटनास्थलमा सुसाइट नोट फेला परेको र त्यसमा बाँच्न मन नभएको उल्लेख भएको प्रहरीले जनाएको छ। 

प्रहरीले आपसी सम्बन्धका कारण घटना भएको हुन सक्ने अनुमान गरेको छ। रासस