मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Friday, 14 August, 2026
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १७ आइतबार १५:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीर अस्पतालको पर्खाल भत्कँदा चार कुरुवा घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १५:२८:oo

वीर अस्पतालको जीर्ण पर्खाल भत्किएर चारजना बिरामी कुरुवा घाइते भएका छन्। अस्पतालको पुरानो रातो भवनबाहिरको पर्खाल भत्किँदा पर्खालमुनि रहेको कुरुवा घरमा बसेका चारजना घाइते भएका हुन्।

उक्त कुरुवा घरमा आइसियूमा रहेका बिरामीको कुरुवा बस्छन्। तर, कुरुवा घरसँगै रहेको अग्लो पर्खाल जीर्ण र जोखिमपूर्ण बनेको छ। पर्खालले थिचेका उनीहरू चारैजनाको टाउकोमा चोट लागेको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

यसअघि ६ महिनाअघि पनि अस्पतालको बाहिरी पर्खाल भत्कँदा १० जना कुरुवा घाइते भएका थिए। त्यतिवेला अस्पतालको ओपिडी भवनको जीर्ण पर्खाल भत्किएको अस्पतालका मेडिकल विभाग प्रमुख टीकाराम पनेरूले जानकारी दिए।