१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकार र पुनबीचकाे छलफल सकारात्मक, आजै निर्णायक वार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५o:oo

सरकार र आन्दोलनरत महावीर पुनबीच छलफल भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल भएको पुनले बताए। 

उनका अनुसार छलफल सकारात्मक भएको छ। आज साँझ ५ बजे बसेर टोली गठन गर्ने र सकेसम्म आजै माग पूरा गर्न ठोस कदम चाल्ने सहमति भएको पुनले बताए।

छलफलपछि पुनले भने, ‘छलफल सकारात्मक भयो। साँझ ५ बजे बसेर टोली गठन गर्ने र आजै समस्या तथा आन्दोलनका माग पूरा गर्नेतर्फ लाग्ने सहमति भएको छ। छलफल एकदमै सकारात्मक भएको छ। छलफल चलिरहेकै वेला प्रधानमन्त्रीज्यूले दुईपटक फोन गर्नुभयो। भोलि कागजमा कस्तो हुन्छ त्यो हेर्न बाँकी छ।’ 

सरकारले नवप्रवर्तन र आविष्कारका क्षेत्रमा लगानी गर्नुपर्नेसहित चारवटा मागसहित पुनले शुक्रबारबाट माइतीघर क्षेत्रमा धर्ना सुरु गरेका छन्। 

ad
ad