१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारद्वारा ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:२९:oo

सरकारले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ।

सार्वजनिक निर्माणको  प्रयोजनका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका व्यवसायीले नवीकरण नगरेकाले उनीहरूको इजाजतपत्र खारेज गरिएको हो। 

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र लिएका व्यवसायीले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष ०७९/८० का लागि ०७९ चैत मसान्तसम्म निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगरेकाले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम ती निर्माण व्यवसायीको इजाजतपत्र स्वतः खारेज भएको जनाएको हो।

यसअघि मन्त्रालयले आर्थिक वर्ष ०७९/८० का लागि ०७९ चैत मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको थियो। तर, सो समय अवधिभित्र नवीकरण नगरेकाले इजाजतपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ। रासस