१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनको परिणामले कांग्रेसमा रूपान्तरणको अनिवार्यता संकेत गरेको छ : महामन्त्री शर्मा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:२६:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले कांग्रेसमा रूपान्तरणको आवश्यकता देखिएको बताएका छन्। 

उपनिर्वाचनको परिणाम सार्वजनिक भएपछि पहिलोपटक सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। 

‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समयअनुरूप आफूलाई बदल्नुछ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौँ,’ महामन्त्री शर्माले ट्विट गर्दै भनेका छन्। 

उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ को कमान्ड महामन्त्री शर्मा र तनहुँको निर्वाचन कमान्ड महामन्त्री गगन थापाले गरेका थिए। 

युवा मत आकर्षित गर्न सक्ने आकलनसहित सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयलाई जिम्मेवारी दिएका थिए। तर, कांग्रेसले लज्जास्पद हार व्यहोर्न पुग्यो। 

कांग्रेसमा यस विषयलाई लिएर नेता-कार्यकर्ताहरू आरोप–प्रत्यारोपमा लागेका छन्। उपनिर्वाचनसँगै कांग्रेसले गत ४ मंसिरको निर्वाचनबाट जितेको तनहुँ १ गुमाएको छ। यसअघि पाएको मतसमेत जोगाउन सकेन। कांग्रेसले यस्तै परिणाम चितवन २ मा पनि व्यहोरेको छ।