१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड अनिवार्य पालना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:५८:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड ०७७ अनिवार्य रूपमा पालना गर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। 

मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई पत्र लेख्दै मापदण्ड अनिवार्य पालना नगरेमा कारबाही गरिने निर्देशन दिएको हो । 

स्वास्थ्य संस्थालाई उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत छुट्याई निःशुल्क उपचार गराउनुपर्ने,  बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्नेलगायतका निर्देशन दिएको हो। 

अस्पतालहरूले मापदण्डविपरीत पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएकोजस्ता गुनासाहरू आएकाले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड ०७७ कार्यान्वयनमा ल्याउन निर्देशन दिएको जनाएको छ। 

साथै, मापदण्ड पालना नगरेमा कारबाही गरिनेसमेत ध्यानाकर्षण गराइएको मन्त्रालयले जनाएको छ । 

यस्ताे छ निर्देशन ः