१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपा सांसदको प्रश्न– रविको पद गएसँगै कोइरीलाई पक्राउ गर्ने विषय किन हरायो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी छिन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले रवि लामिछाने गृहमन्त्री हुँदा बारम्बार प्रश्न उठाइएका कोइरीको विषय अहिले एकाएक हराएको बताइन्।

संविधानको धारा ८९ (घ)अनुसार सदनलाई जानकारी नदिई १० भन्दा बढी बैठकमा अनुपस्थित रहे उक्त व्यक्तिको सांसद पद रिक्त हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले कोइरीले अनुपस्थितिबारे सदनलाई जानकारी गराएको वा नगराएको विषयबारे स्पष्ट पार्न सभामुखसँग माग गरिन्।

‘रवि लामिछाने गृहमन्त्री हुँदा लक्ष्मी महतोबारे बारम्बार प्रश्नह उठे। त्यसपछि यो विषय एकाएक हरायो। हत्या आरोपका अभियुक्त लक्ष्मी महतो अहिले कता छन् ? उनलाई पक्राउ किन नगरिएको भनी सभामुखमार्फत गृहमन्त्रीज्यूलाई प्रश्न सोध्न चाहन्छु,’ सांसद डाँगीले भनिन्।