१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

४९ किलोमिटर जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु भएको छ। कर्णालीको प्रसिद्व चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दूरीको अल्ट्रा म्याराथन सुरु भएको हो।

कर्णाली स्पोर्टस् क्लब जुम्लाले हरेक वर्ष लोकतन्त्र दिवसको अवसरमा आयोजना गर्दै आएको म्याराथनको उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गरेका हुन्। 

क्लबका अध्यक्ष सरोज शाहीका अनुसार शून्य प्वाइन्ट खलंगादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम विन्दु तोकिएको छ।

म्याराथनमा विभिन्न विधामा गरेर २८ खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, द्वितीय हुनेलाई ७५ हजार, तृतीय हुनेलाई ५० हजार तथा चौथो र पाँचौँलाई २०–२० हजार रुपैयाँ प्रदान गरिनेछ।

जुम्लामा यसअघि तीनवटा म्याराथनका इभेन्ट भइसकेका छन्। हरेक प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा देशका १८ जिल्लाका साथै बेलायत, नेदरल्यान्ड, भारत, इटाली, अमेरिकालगायतका देशबाट खेलाड सहभागी थिए। यो वर्ष नेपालका १९ जिल्लाकासहित अमेरिकाका दुई, भारतका एक, आयरल्यान्डका एक र बेलायतका एक खेलाडी सहभागी छन्।