
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ।
यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हुरीको सम्भावना छ।
रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का क्षणिक वर्षाको सम्भावना छ। आज काठमाडौंको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस छ।