१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत योजना बनाएर अघि बढ्न मुख्यमन्त्री जम्कट्टेलको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेशस्तरीय सुरक्षा समितिको बैठक बसेको छ। 

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतीका विषयमा छलफल गरेको छ।

बैठकमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशका जिल्लामा सुरक्षा चुनौतीका रूपमा रहेको विषयहरूको वर्गीकरण गरेर तत्काल त्यस्ता घटना रोक्न एकीकृत योजना बनाएर अगाडि बढ्न निर्देशन दिए।

उनले प्रदेशमा बढ्दो सवारी दुर्घटना, आत्महत्या, वित्तीय अपराध, साइबर अपराध, लागुऔषध ओसारपसार, महिला हिंसाजस्ता घटना नियन्त्रणमा सुरक्षा निकाय चनाखो हुनुपर्ने बताए।

बैठकले सवारी दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम गर्ने, आवश्यक स्थानहरूमा अत्याधुनिक प्रविधि (सिसिक्यामेरालगायत) जडान गर्ने, विपतको जोखिम कम गर्न र विपतमा परेकाहरूलाई उद्धारका लागि तयारी अवस्थामा बस्ने, राहत र पुनर्स्थापनाका लागि मन्त्रालयले प्रदेश विपत् व्यवस्थापन प्राधिकरण बनाउने, नदीजन्य पदार्थको चोरीपैठारी नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरी कानुनको प्रभावकारी कार्यान्वयन गर्नेजस्ता निर्णय गरेको छ।

त्यस्तै, साइबर अपराधलाई नियन्त्रण गर्न विद्युतीय सामग्रीको स्वनियमन र नियमन गर्न आवश्यक कानुन बनाउने, महिला हिंसा र आत्महत्याजस्ता विषय नियन्त्रणका लागि समुदायमा आधारित सचेतनामूलक कार्यक्रम गर्ने र कानुनको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय बैठकले गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

आन्तरिक मामिलामन्त्री श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा प्रमुख सचिव मुकुन्द निरौला, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैंडा, सुरेन्द्र कार्की, नेपाली सेनाका मध्यपृतनापति होमनाथ दवाडी, नेपाल प्रहरी बागमती प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, बागमती प्रदेश सशस्त्र प्रहरी बल प्रमुख प्रहरी नायव महानिरिक्षक लक्ष्मणबहादुर सिंह, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश प्रमुख किशोरकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो।