१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सवारी दुर्घटनामा चितवनका शैक्षिक व्यक्तित्व पौडेलको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

चितवनका शैक्षिक व्यक्तित्व महेन्द्र पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। 

शरदपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पौडेलको आज बिहान साढे ९ बजे भरतपुरको चौबिसकोठीमा मिक्सचरको ठक्करबाट मृत्यु भएको हो। 

हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा.२क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेका पौडेल सवार प्रदेश ३—०३—००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
 
गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) लगेलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। 

शैक्षिक व्यक्तित्व ६८ वर्षका पौडेल चितवन भरतपुर- ९ वसन्तचोकनिवासी थिए। प्रहरीले मिक्सचरचालक भरतपुर– १६ बस्ने २९ वर्षीय सुरेश मगरलाई नियन्त्रणमा लिएको छ।