१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिम्मेवारी पूरा गर्न इमानदारी देखाउन राजस्वका कर्मचारीलाई अर्थमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:११:oo

राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमानदारी र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन्। बिहीबार आन्तिरक राजस्व विभागका प्रमुखहरूको समीक्षा बैठकमा अर्थमन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन्।

‘विभिन्न परिस्ठितिजन्य अवस्थाले यसपटक राजस्व निकै कम संकलन हुन गएको हो। गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निकै कम देखियो,’ बैठकमा उनले भने।

राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी–पैठारीका कारणले राजस्वमा कमी आएको महतले बताए।

‘बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिने–दिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमानदारी तथा महालेखापरीक्षकको कार्यालयले ‌प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन जरुरी छ,’ उनले भने।