१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १४:११:oo

कर्णाली प्रदेशका नवनियुक्त चारजना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। कर्णालीका प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीलाई शपथ खुवाएका हुन्।

कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका छन्।

यस्तै, यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको रूपमा शपथ लिएकी छिन्।