१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाका मिटरब्याजी यादव पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:२३:oo

सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका-३ खजनपुर घर भएका मिटरब्याजी ४५ वर्षीय रामबाबु यादवलाई प्रहरीले ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार नाम नखुलाइएकी पीडित महिलाले आफू ठगिएको ब्यहोराको जाहेरी दिएपछि यादवलाई सोमबार पक्राउ गरी त्यही दिन सिराहा जिल्ला अदालतबाट ठगी मुद्दाको अनसन्धानका लागि सात दिनको म्याद लिइएको छ। 

मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न गत २७ साउनमा तत्कालीन सरकारले कार्यदल गठन गरेलगत्तै जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमा पीडितहरूले बुझाएको निवेदनअनुसार मिटरब्याजीमाथि कारबाही नभएको भन्ने गुनासो बढिरहेका वेला प्रहरीले जिल्लामा पहिलोपटक पक्राउ गरी मुद्दा चलाएको हो। 

स्थानीय महिलाले घर व्यवहारका लागि यादवसँग लिएको तीन लाख रुपैयाँको नौ लाख रुपैयाँको कपाली तमसुक र पाँच धुर जग्गासमेत आफ्नी श्रीमती इन्द्रा यादवको नाममा रजिस्ट्रेसन गराएको पाइएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

‘पीडित महिलाले रकम लिएको केही समयपछि ऋणको साँवा ब्याज चुक्ता गरेपछि कपाली तमसुक र जग्गा फिर्ता गर्न भनिरहेकी रहिछन्,’ उनले भने ‘आजभोलि भन्दै आलटाल गर्दै गत १५ फागुनमा जहाँ जान्छौ जाऊ, फिर्ता गर्दिनँ भन्ने जवाफ दिएपछि प्रहरीमा ठगीको जाहेरी परेको हो।’

आफूले लिएको ऋणको साँवा ब्याजसहित चुक्ता गर्दा पनि कपाली तमसुक र जग्गा फिर्ता नगरी ठगी गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको र त्यसकै आधारमा पक्राउ गरी ठगीसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ। प्रहरीले यादवविरुद्ध लगाइएको आरोपको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ। 

समस्या समाधानका लागि छुट्टै इकाइ

मिटरब्याजसम्बन्धी अपराध नियन्त्रण गर्न सरकारले कार्यदल गठन गरेपछि जिल्ला प्रशासन कार्यालय सिराहाले मिटरब्याजपीडितहरूको समस्या गर्ने गरी आन्तरिक प्रशासन नामको छुट्टै इकाइ बनाएर काम गरिरहेको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। 

उनका अनुसार इकाइ खडा गरिनुअघि दर्ता भएका २५ वटा, त्यसपछि ५ भदौसम्मको दुई सय ९९ र त्यसयताका गरी करिब चार सय मिटरब्याजसम्बन्धी उजुरी दर्ता भएको छ। 

‘दर्ता भएको उजुरीको दर्ता क्रमअनुसार दुवै पक्षलाई बोलाएर हदैसम्मको छलफल गराई सहमति भएको खण्डमा दुवै पक्षलाई जानकारी गराई कार्यान्वयन गर्ने काम भइरहेको छ,’ उनले भने। 

घर व्यवहारका लागि लिएको ऋणभन्दा तीन दोब्बरसम्म कपाली तमसुक बनाउने र जग्गासमेत रजिस्ट्रेसन गराएकोसम्बन्धी घटनाहरूमध्ये लेनदेनको मुद्दासमेत चलेकाले इकाइले अत्यन्त संवेदनशील भएर काम गरिरहेको उनले बताए।