१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज होस् : सांसद माझी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

प्रतिनिधिसभा सांसद उर्मिला माझीले निजी विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन्।  सांसद माझीले वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने व्यवस्थाको अन्त्य गरी तीन वर्षमा मात्रै फेर्न मिल्ने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराइन्। 

शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिए पनि सोअनुसार निजी क्षेत्रको व्यवस्था गर्न सरकारले नसकेको भन्दै आपत्ति जनाइन्। 

सांसद माझीले भनिन्, ‘शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिएको छ । तर, शिक्षा सहज र सम्मानजनक ढंगले बालबालिकाले पाइरहेका छैनन् । महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाइरहेको मात्रै छैन। कैयौँ मानिस गरिबीको खाडलमा जाकिँदै गइरहेका छन् । तसर्थ निजी विद्यालयमा प्रत्येक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था खारेज गरी तहगत प्रवेशमा मात्रै भर्नाको व्यवस्था गरियोस्। वर्षैपिच्छे नयाँ–नयाँ किताब फेर्ने कामको अन्त्य गरी न्यूनतम तीन वर्षमा किताब फेर्न पाउने व्यवस्था गरियोस् भनी सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

सांसद माझीले शिक्षामा सबैको सहज पहुँच हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकार गम्भीर बन्नुपर्ने बताइन्।