१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा बाघको आक्रमणबाट दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

बाघको आक्रमणबाट बुधबार हेटौँडामा दुईजना मानिस घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यलय मकवानपुरले दिएको जानकारीअनुसार हेटौँडा-१५ का १७ वर्षीय सुमन घलान र ६५ वर्षीय कृष्णबहादुर थिङ घाइते भएका हुन्।

आइतबार बिहान् बाख्रा चराउन घरनजिकैको जंगल गएका घलान र थिङलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते भएका थिङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको बाघको आक्रमणबाट घाँटीमा गहिरो चोट लागेको छ।

यस्तै, घलानको दाहिने कुम, ढाडको बायाँ भाग र छातीमा बाघले टोकेको छ। दुवैजनाको अहिले हेटौँडा  अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।