१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मनाङ लगातार तेस्रो खेलमा पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२५:oo

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको सर्वाधिक विजेता मनाङ मर्स्याङ्दी  क्लब लगातार तेस्रो खेलमा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी  क्लब त्रिभुवन आर्मीसँग १–० ले स्तब्ध भयो । आर्मीले लिगमा चौथो जित निकाल्यो । आर्मीको जितमा सुदिल राईले निर्णायक गोल गरेका थिए । उनले खेलको ७५औँ मिनेटमा आर्मीलाई १–० को अग्रता दिलाए । जगजित श्रेष्ठको फ्रिकिकमा मनाङका डिफेन्डर जीवन गुरुङले रोकेको बल रिबाउन्ड भएपछि सुदिलले गोल गरेका हुन् ।

आर्मीले खेलमा धेरै गोल अवसर खेर फाल्यो । प्रतिस्पर्धामा मनाङले पनि राम्रा गोल मौका गुमायो । जितसँगै आर्मीले १० खेलमा १५ अंक जोडेको छ । आर्मी चौथो स्थानमा उक्लिएको छ ।तेस्रो हार सामना गरेको मनाङले १० खेलमा १५ अंक जोडेको छ । मनाङ लिगको पाँचौँ स्थानमा छ । खेलको पहिलो मिनेटमा आर्मीका नवयुग श्रेष्ठले अग्रता अवसर गुमाए । 

एनआरटीको सहज जित
अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले खुमलटार क्लबलाई ३–१ ले हराएको हो । एनआरटीको जितमा सरोज तामाङ, सञ्जीव विष्ट र मोहित गुरुङले समान एक गोल गरेका थिए । खुमलटारका श्यामु मुर्मुले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । खेलको ६५औँ मिनेटमा सरोजले एनआरटीलाई १–० को अग्रता दिलाएका थिए । 

सुसन श्रेष्ठको क्रसमा अनमार्क रहेका सरोजले हेडिङ गोल गरेका हुन् । खेलको ८२औँ मिनेटमा सञ्जीवले एनआरटीलाई २–० को स्थितिमा राखे । खुमलटारका डिफेन्डर अविषेक लिम्बूले क्लियर गर्न नसकेको बलमा सञ्जीवले गोल गरे । खेलको ९०औँ मिनेटमा श्यामु मुर्मूले गोल गरे पनि एनआरटी ३–१ ले विजयी भयो । लिगमा एनआरटीको यो दोस्रो जित हो । जितसँगै एनआरटी १० अंकका साथ दशौँ स्थानमा रहेको छ । खुमलटारको यो छैटौँ हार हो । खुमलटार १० अंक जोडेर ११औँ स्थानमा झरेको छ ।

ad
ad