१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १७:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा कांग्रेसले बुझायो मन्त्रीहरूको नाम 

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १७:३१:oo

कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले तीनजना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत(क) बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेश सभा (ख) बाट निर्वाचित वेदराज सिंह र दैलेख–१ (क) बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।

पोखरेल सामाजिक विकासमन्त्री, सिंह आर्थिक मामिला तथा योजनामन्त्री र बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनेछन्।