१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:५६:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मंगलबार भारतमा एप्पलको पहिलो स्टोर उद्घाटन हुँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:५६:oo

टेक कम्पनी एप्पलले मंगलबार (१८ अप्रिल) भारतमा पहिलो आधिकारिक स्टोर ‘एप्पल बिकेसी’ सुरुवात गर्दै छ। ओपनिङपूर्व एप्पलले सामाजिक सञ्जालमा स्टोरका तस्बिरसमेत सार्वजनिक गरेको छ। यो स्टोर रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको जियो वर्ल्ड ड्राइभ मलमा सुरुवात हुँदै छ, जुन मुम्बईस्थित बान्द्रा कुर्ला कम्प्लेक्समा छ। 

अन्तर्राष्ट्रिय समाचारअनुसार एप्पलका सिइओ टिक कुक स्टोर उद्घाटन गर्न भारत पुगेका छन् । एप्पल स्टोर लन्च गर्नुका साथै कुकले आफ्नो भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गर्ने तालिका रहेको बताइएको छ। 

पूर्णतया सोलार ऊर्जाबाट चल्ने स्टोरमा सयजना कर्मचारी हुनेछन्, उनीहरूले ग्राहकसँग २० भाषामा कुराकानी गर्न सक्नेछन्। 

एप्पलको यो स्टोर पूर्णतया सोलार ऊर्जाबाट चल्नेछ । त्यसका लागि डेडिकेटेड सोलार सिस्टम जडान गरिएको छ। स्टोर सञ्चालनका लागि फोसिल फ्युल (जीवाश्म इन्धन) प्रयोग नहुने बताइएको छ।

एप्पलका अनुसार स्टोरमा सयजना कर्मचारी हुनेछन् । उनीहरूले ग्राहकसँग २० भाषामा कुराकानी गर्न सक्छन्। साथै, स्टोरले ग्राहकलाई पिकअप सेवा पनि दिनेछ। अर्थात् ग्राहक घरमै बसेर वेबसाइटमार्फत प्रडक्ट अर्डर गर्न सक्नेछन् भने सीधै स्टोरबाट पनि खरिद गर्न सक्नेछन्। 

स्टोरको उद्घाटन गर्न सिइओ कुक भारत पुगिसकेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कुकले भारतीय संस्कृतिको प्रशंसा गर्दै भारतमा अविश्वसनीय ऊर्जा रहेको र एप्पलको लामो इतिहासलाई भारतमा अगाडि बढाउन चाहेको बताएका छन् । ‘ग्राहकलाई सहयोग गर्नु, स्थानीय समुदायमा लगानी गर्नु र मानवताको सेवार्थ इनोभेसनसँग मिलेर काम गर्नेछौँ,’ उनको भनाइ छ।

एप्पलको उद्देश्य विश्वभरका मानिसको जीवनलाई समृद्ध र सशक्त बनाउनु रहेको र भारतमा स्टोर खोलेर ग्राहकलाई सहयोग दिनेदेखि स्थानीयलाई जोड्नेसम्म रहेको छ । 

दिल्लीमा पनि स्टोर खुल्दै

एप्पलको मुम्बईमा पहिलो स्टोर खोलेपछि त्यसको ठीक दुई दिनपछि अर्थात् २० अप्रिलमा दोस्रो स्टोर दिल्लीस्थित साकेतमा खुल्ने बताइएको छ । उद्घाटनपछि यी दुवै स्टोर बिहान ११ बजेदेखि राति १० बजेसम्म खुल्नेछन् ।

भारतमा उपस्थिति बढाउँदै एप्पल

बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा उपस्थिति बढाउन थालेको छ । यसको कारण बिक्री–वितरण र उत्पादनका लागि भारतमा अनिवार्य बजार बनेको छ । यस्तै, भारतीय ग्राहक पनि प्रिमियम प्रडक्टतिर आकर्षित हुँदै गरेका देखिएको छ । यसैलाई मध्येनजर गर्दै एप्पले पहिलोपटक भारतमा स्टोर खोलेको हो। 

सन् २०२० मै घोषणा

सन् २०२० मा एप्पलको वार्षिक सेयरहोल्डरको बैठकमा सिइओ कुकले भारतमा आफूहरूले नै स्टोर खोल्न चाहेको आशय व्यक्त गरेका थिए । तर, विश्वव्यापी महामारी कोभिडका कारण सन् ०२१ मा भारतमा स्टोर खोल्ने लक्ष्य केही पर धकेलियो । अहिले आएर घोषणाको तीन वर्षपछि कुकको लक्ष्यले मूर्त रूप पाएको छ। 

सबै आपूर्तिकर्तासँग मिलेर काम गर्दै 

सन् ०१७ बाटै एप्पले भारतमा उत्पादन सुरु गरेको थियो । त्यही समयदेखि कम्पनीले आपूर्तिकर्तासँग मिलेर आइफोन मोडल एसेम्बल गर्दै आइरहेको छ । भारतमा एप्पलका पार्टनर आपूर्तिकर्तामा फंक्सन विस्ट्रन र पेगाट्रन छन् । यद्यपि, भारतबाट वैश्विक बजारमा केवल पाँच प्रतिशत मात्रै आपूर्ति भएको छ। 

मुम्बईमा एप्पल स्टोरवरिपरि २२ प्रतिस्पर्धी ब्रान्डले आफ्नो स्टोर खोल्न पाउनेछैनन्। स्टोर खोल्न नपाउने ब्रान्डमा अमेजन, फेसबुक, गुगल, एलजी, माइक्रोसफ्ट, सोनीलगायत छन्।

पोर्टका अनुसार एप्पलले सन् २०२५ सम्म यो आपूर्तिलाई २५ प्रतिशत र सन् ०२७ सम्म ५० प्रतिशत पुर्याउने योजना बनाएको छ । कम्पनीले भारतमा साना–ठूला सबै आपूर्तिकर्तासँग मिलेर काम गरेको जनाएको छ। 

एप्पलमा उत्कृष्ट ग्राहक अनुभव

वर्षौंदेखि एप्पलका साना–ठूला रिटेल पार्टनरले भारतीय सहरमा थर्ड–पार्टी स्टोर चलाएका छन् । तर, न्युयोर्कको पाँचौँ एभिन्यु, लन्डनको रिजेन्ट स्ट्रिट या सिंगापुरको मरिना बेको जस्तो ग्राहक अनुभव प्रदान गर्न सकिरहेका छैनन्। 

एप्पलका उपसंस्थापक स्टिभ जब्सले सन् २००१ मा भर्जिनियामा पहिलो एप्पल स्टोर खोलेका थिए । त्यतिबेला उनलाई धेरैले असफल हुने टिप्पणी गरेका थिए । तर, कम्पनीको स्टोर खोल्ने रणनीति निकै सफल रह्यो । अहिले एप्पलका ५०० भन्दा बढी रिटेल स्टोर छन् । यीमध्ये धेरैजसो अमेरिकामा छन् भने त्यसपछि चीनमा। 

एप्पल स्टोर २२ ब्रान्डलाई प्रतिबन्ध

द इकोनोमिक टाइम्सका अनुसार मुम्बईमा एप्पल स्टोरको वरिपरि २२ प्रतिस्पर्धी ब्रान्डले आफ्नो स्टोर खोल्न पाउनेछैनन् । न कुनै विज्ञापन नै गर्न पाउँछन्। किनकि, सम्झौता नै यहीअनुसार छ।

स्टोर खोल्न नपाउने ब्रान्डमा अमेजन, फेसबुक, गुगल, एलजी, माइक्रोसफ्ट, सोनी छन्। यस्तै, ट्विटर, बोस, डेल, डेभिएल्ट, गार्मिन, हिताची, एचपी, एचटिसी, आइबिएम, इन्टेल, लेनोभो, नेस्ट, पानासोनिक र तोसिबाले पनि स्टोर खोल्न पाउनेछैनन्। 
 

ad
ad