१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चिकित्सा शिक्षा स्नातकोत्तर भर्नामा मिचिएको योग्यताक्रम सच्याउन सरकारको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चिकित्सा शास्त्रअन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छिन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र नियमावलीको मर्म र भावनाविपरीत राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सो तहको विद्यार्थी भर्ना नसच्याएको भन्दै तत्काल सच्याउन माग गरिन्।

‘चिकित्सा शिक्षा आयोग पछिल्लो समयमा विचलित भएजस्तो देखिन्छ । स्नातकोत्तरतर्फको विद्यार्थी भर्नामा म्याचिङ प्रणालीमा योग्यताक्रम मिचिएको छ । अदालतबाट उचित आदेश प्राप्त भयो । तैपनि भर्ना प्रक्रिया सच्याइएको छैन,’ उनले भनिन्।

सरकारले बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति पनि नदिने, रोजेको विषय र शिक्षण संस्था पनि नदिने गरी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई तत्काल रोकी कम्प्युटर बेस प्रणालीमा म्याचिङ गरी भर्ना अभियान अघि बढाउन सांसद कार्कीले सरकारलाई सुझाव दिएकी छिन्।

‘विगतका वर्षहरूमा झैँ कम्प्युटर बेस प्रणालीमा म्याचिङ गर्ने हो भने त्यो समस्या समाधान हुन्छ । ऐन र नियमावलीको मर्मलाई समेट्छ। अदालती आदेशको पनि सम्मान पुग्छ,’ उनले भनिन्, ‘तसर्थ, सभामुख महोदयमार्फत म शिक्षामन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– तत्कालै यो भर्ना प्रक्रिया सच्याइयोस् । र, थप क्षति हुनबाट स्वास्थ्य संयन्त्रलाई जोगाइयोस्।’