१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०८० बैशाख २ शनिबार ०८:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँमा लागुऔषधसहित चार जना पक्राउ 

Read Time : < 1 मिनेट
२०८० बैशाख २ शनिबार ०८:४८:००

प्रहरीले लागुऔषधसहित तनहुँबाट चार जनालाई पक्राउ गरेको छ। शुक्लागण्डकीमा तीन र आँबुखैरेनीबाट एक जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो। शुक्लागण्डकी नगरपालिका– ४ दुलेगौडा स्थित चुईकुना होटल ऐण्ड रेष्टुरेन्टमा कास्की पोखरा महानगरपालिका–३० बस्ने ४४ वर्षीय चन्द्र बहादुर गुरूङ, शुक्लागण्डकी –२ कोत्रे बस्ने ३५ वर्षीय सुरज गुरूङ र शुक्लागण्डकी– ४ दुलेगौडा बस्ने ३४ वर्षीय खिम नारायण श्रेष्ठलाई  लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए ।

 ‘उनीहरुले साथमा लुकाई ल्याएको झोलाभित्र लागु औषध डाईजापाम ४३ एम्पुल,फेनारागन ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल गरी जम्मा १२९ एम्पुल लागु औषध र एघार हजार फेला परेकोले लागुऔषधसहित कारोबारमा संलग्न तीनै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेकोे छ,’ उनले भने । 

त्यस्तै आँबुखैरेनी गाउँपालिका–४ बेनीटार स्थित पृथ्वीराजमार्गमा सवारी जाँच गर्ने क्रममा १० किलो ८७५ ग्राम गाँजा सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।  जिल्लाको लमजुङ राईनास–८ घर भएका २५ वर्षीय सरोज श्रेष्ठले झोलामा लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ६१२ न।को बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार  श्रेष्ठको झोलामा गाँजा भेटिएको डिएसपी खाँणले बताए । लागुऔषधसहित पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।