१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने बोर्डको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:३९:oo

लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जलविद्युत् आयोजनाहरूको काम तत्काल अघि बढाउने निर्णय पनि भएको बताए। तल्लो अरुण, अपर मर्स्याङ्दी, दूधकोसी २ लगायतका जलविद्युत् आयोजनाहरूलाई अघि बढाउने निर्णय गरेको उनले जानकारी दिए।

त्यसैगरी, बैठकले रासायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानीकर्ताहरूलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ। 
 

ad
ad