१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले पुरानै कुरा दोहोर्‍यायो, अब आन्दोलनमै फर्किन्छाैँ : मिटरब्याजपीडित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ताटोलीसँगको वार्ता भंग गरेको छ। 

बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ताटोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ताटोलीसँगको वार्ता भंग गरेको हो।

सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ। 

पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ताटोलीले पुरानै कुराहरू दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए। 

प्रवक्ता नवीनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाए।