१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगनको सुझाव- बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर दबाब दिनुहुँदैन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले बालबालिकालाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन्। 

बुधबार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकालाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन्। 

उनले बालबालिकालाई जीवन रमाइलो छ र जीवनमा अझै धेरै कुरा सिक्न बाँकी छ भन्ने कुराका सिकाउन जरुरी रहेको बताए। 

महामन्त्री थापाले भने, ‘मलाई त तनाव छ–छ, यसो बच्चाहरूलाई हेर्छु, मेरो ६ कक्षामा, चार कक्षामा पढ्ने बच्चालाई तनाव छ, होमवर्क नसकेको तनाव कहिले के तनाव ? अब त्यो चार कक्षाको बच्चालाई त जीवन भनेको रमाइलो हुन्छ, लाइफमा योभन्दा पछि नयाँ कुरा सिक्नुपर्छ भन्ने हुन्छ। दौडिने कुरा सिकाउनुपर्छ, तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नुहुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनुपर्छ। सधैँ दौडेर फर्स्ट हुनुपर्छ भनेर सिकाउनुभएन। पहिलोको पछाडि दौडिन सिकाउनुहुँदैन। कहिलेकाहीँ सेकेन्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन, तर त्यसकै पछि दौडाउनुहुँदैन। पहिलोको आसक्त बनाउनुभएन। काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो।’