१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काेराेना संक्रमण बढेसँगै तयारी अवस्थामा रहन सबै अस्पताललाई निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्दै गएपछि अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। 

दैनिक रूपमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो। 

भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबी १‍.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ। मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखापरेको भेरियन्ट संक्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए।  

‘कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई संक्रमण सार्ने गर्ने सम्भावना छ,’ उनले भने, ‘संक्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौँ।’

मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताललगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

कोरोना संक्रमणका कारण बुधबार एकजनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले कोभिड– १९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए। चिकित्सक, सघन उपचार कक्ष ‘आइसियू’, भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ। 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूहरू तयारी अवस्थामा रहेको जानकारी दिए।  

‘अहिले ने आत्तिनुपर्ने अवस्था छैन, तर सजग भने हुनुपर्छ,’ उनले भने, ‘संक्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौँ।’ अस्पतालमा एकजना भेन्टिलेटर र दुईजना कोरोना संक्रमित सघन उपचार कक्ष (आइसियू) मा उपचाररत रहेको उनले जानकारी दिए। 

बुधबार मात्रै देशभर एक सय ६ जना नयाँ संक्रमित देखापरेका थिए। हाल काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियू) मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन्। 

महाशाखाले नेपाल प्रवेश हुने सीमानाकामा कडाइ गरिएको जनाएको छ। सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको कोरोना परीक्षण सुरु गरिएको छ।