१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई गगनको सुझाव- महानगरको शैली-भाषामाथि बहस गर्दै गरौँला, संवाद तत्काल गरियोस्  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४८:oo

कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन्।  

प्रतिनिधिसभाको आजको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरीकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका हुन्।  

‘सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस्, जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस्  जायज माग पूरा गरियोस्,’ उनले भने। उनले काठमाडौंका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउनसमेत आग्रह गरे।  

काठमाडौं महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा संघीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहाेर उठाएको छैन। 

‘काठमाडौं महानगरपालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुंग्याइयोस्, सँगसँगै यो विषय अहिले टुंगियो भनेर यत्तिकै नछाडियोस्, संघीय सरकारले बनाउनुपर्ने कानुन संसदमा ल्याइयोस् । हामी काम गर्न तयार छौँ,’ उनले भने।  

बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उनले भने, ‘स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठीक यो विषयमा बहस गरौँला।’