१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाहीको बागमतीमा १८ करोड लागतमा आर्यघाट शिलान्यास

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:१८:oo

सर्लाहीको बागमतीमा १८ करोड लागतमा व्यवस्थित आर्यघाट निर्माण हुने भएको छ। बागमती नगरपालिका– १२ स्थित बागमती नदीकिनारमा निर्माण हुने आर्यघाटको शनिबार हरिवन नगरपालिका– ९ निवासी एक सय दुई वर्षीय बबरजंग थापाले शिलान्यास गरेका हुन्।

बागमती नदीकिनारमा जथाभावी अन्तिम संस्कार गर्दा खोला फोहोर हुने भएपछि बागमती नगरपालिकाले सुविधासम्पन्न आर्यघाट बनाउन लागेको हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी (रमेश)ले बताए। 

यस आसपासका गाउँबाट अन्तिम संस्कार गर्ने ठाउँ नहुँदा बागमती नदीकिनारमा यत्रतत्र लास जलाउने गरिएको छ । नगरपालिकाले आफ्नो आन्तरिक स्रोत तथा संघ र प्रदेश सरकारबाट पनि सहयोग लिएर आर्यघाट निर्माण गर्न लागेको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले  बताए।

कार्यक्रममार्फत छिमेकी पालिका हरिवन नगरपालिकाले समेत आर्यघाट निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिइन्।

आर्यघाट निर्माणका लागि पृथ्वी इन्जिनियर्स एन्ड बिल्डर्स प्रालि बत्तीसपुतली, काठमाडौंले भ्याटसहित १८ करोड १४ लाख २९ हजार ५८ रुपैयाँ ४१ पैसामा ठेक्काकाे जिम्मा लिएकाे छ। 

योजना ०८१ साल असोज २१ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको नगरका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले जानकारी दिए। आर्यघाटमा किरियापुत्री बस्ने स्थल, पितृप्रसाद पकाउने र ग्रहण गर्ने ठाउँ, महादेवको मूर्तिसहितको मन्दिर, फूलबारीलगायत अन्य संरचना निर्माण हुनेछन्। 

यस योजनाले  जिल्लाको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, बरहथवालगायत पालिकालाई  अन्तिम संस्कारका लागि सुविधा हुने अपेक्षा गरिएको छ।

ad
ad