१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तेजराज भट्ट काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लेखराजनिवासमा पुगेका प्रचण्डले भने- यो घर मेरो पनि हो भन्ने लागेर आएँ

Read Time : < 1 मिनेट
तेजराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लेखराज भट्टबीच भेटवार्ता भएको छ। आइतबार बिहान बुद्ध एयरको नियमित जहाजमा सुदूरपश्चिम गएका प्रधानमन्त्री प्रचण्ड बिहानको नास्ता खान कैलालीको गेटास्थित एमाले नेता लेखराज भट्टको घर पुगेका छन्। 

विमानस्थल ओर्लिएलगत्तै प्रधानमन्त्री प्रचण्ड भट्टनिवास पुगेका थिए।  सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रचण्डले भने, ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ । यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो । बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो।’ 

माओवादी प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेश अध्यक्ष हरि चौधरी, उत्सवलगायत नेताहरूका साथ भट्टनिवास पुगेका प्रधानमन्त्री प्रचण्ड र लेखराजबीच एक्लाएक्लै छलफल भइरहेको छ। भेटमा लेखराजकी पत्नी पनि सहभागी छिन्।

कञ्चनपुरको महेन्द्रनगरमा आज हुने सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रचण्ड केहीबेरअघि बुद्ध एयरको नियमित उडानबाट  धनगढी विमानस्थल पुगेका थिए।
 

ad
ad