Skip This
कमसल तटबन्ध निर्माणले सार्कीपार्की टोलका स्थानीयलाई कटानीको चिन्ता
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १o:४८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कमसल तटबन्ध निर्माणले सार्कीपार्की टोलका स्थानीयलाई कटानीको चिन्ता

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १o:४८:oo

हरेक बर्सातमा चौधर नदीको कटानीबाट प्रताडित कञ्चनपुरको सार्कीपार्की टोलका स्थानीय यो वर्ष पनि ढुक्क छैनन् । बर्सात आउन करिब सय दिन बाँकी रहे पनि उनीहरू चैतदेखि नै चिन्तामा छन् । चुरे भएर बग्ने चौधर नदीले वेदकोट नगरपालिका– ४, बैतडास्थित सार्कीपार्की टोलमा अघिल्लो वर्ष कटानी गरेपछि केहीको घरखेत बगाएको थियो । 

चौधर नदीको कटानीकै उच्च जोखिममा रहेको सार्कीपार्की टोलमा महाकाली सिँचाइ तेस्रो चरणले जनताको समस्या देखेर तटबन्ध निर्माणको योजना सञ्चालन गर्न खोज्यो । सरकारी कार्यालयबाट योजना आए पनि बालुवामा पानी खन्याएजस्तै भएको स्थानीयको गुनासो छ । आयोजनाले नागरिकको समस्या देखेरै झन्डै तीन सय मिटर तटबन्ध निर्माणका लागि नहर निर्माण कम्पनी राजेन्द्र निर्माणलाई नै जिम्मा दिएको थियो ।

तर, तटबन्ध निर्माणको जिम्मा पाएको राजेन्द्र निर्माण सेवाले गुणस्तरहीन तटबन्ध निर्माण गरिरहेको छ । तार–जालीको आकारभन्दा झन्डै दुई–तीन गुणा ठूला परिमाणका ढुंगा, त्यसमा पनि गुणस्तरीय राख्नुपर्ने भए पनि निर्माण कम्पनीले साना र कमसल खालका ढुंगा प्रयोग गरिरहेको छ । तटबन्ध निर्माणको काम गुणस्तरहीन देखिएपछि स्थानीय नागरिकसहितको सरकारले विरोध गरेका छन् ।

वेदकोट नगरपालिका– ४, बैतडा सार्कीपार्की टोलका स्थानीय राजुराम सार्की (भुल)ले सरकारले ल्याएको योजनामा ठेकेदार कम्पनीबाट बदमासी भएको बताए । ‘सरकारले योजना ल्यायो,’ उनले भने, ‘गुणस्तरहीन बनाएर बजेट पचाउने काम हुँदै छ ।’ निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदासमेत प्रभावकारी पहल नभएको उनले बताए ।  

वेदकोट नगरपालिका– ४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले तार–जालीको आकारभन्दा साना र गुणस्तरहीन ढुंगा प्रयोग नगर्न पटक–पटक आग्रह गर्दा पनि सुधार नभएको बताए । ‘योजना संघीय सरकारको कार्यालयबाट कार्यान्वयन हुँदा स्थानीय सरकारलाई अनुगमन निर्देशनमा समेत समस्या भएको छ,’ उनले भने, ‘पटक–पटक मौखिक निर्देशन दिँदा पनि ठेकेदारले टेरेन, अब पत्र नै काटेर गुणस्तरहीन काम रोक्न लगाउँछौँ ।’

वडाध्यक्ष बोहराका अनुसार वेदकोट नगरका मेयर भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टसहित स्थानीय सरकारबाट स्थलगत अनुगमन गरेर तटबन्धको काम गुणस्तरहीन भएकोबारे निष्कर्ष निकालेको छ । महाकाली सिँचाइ तेस्रो चरणले पनि गुणस्तरहीन काम रोकिने जनाएको छ । महाकाली सिँचाइ तेस्रो चरणका सूचना अधिकृत इन्जिनियर उमेश गुप्ताले केही दिनअघि आयोजना कार्यालयबाट समेत अनुगमनका क्रममा सानो परिमाणमा ढुंगा हालेर निर्माण गरिएको तार–जाली परिवर्तन गर्न लगाएको बताए ।