१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विकासका काममा निगरानी बढाउन विष्णु पौडेलको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:oo:oo

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकास निर्माणका काममा जननिगरानी बढाउन आग्रह गरेका छन् । रुपन्देहीको विकास निर्माणका लागि महत्वपूर्ण काम भएका र केही निर्माणको चरणमा रहेको चर्चा गर्दै विकास निर्माणमा जननिगरानीको खाँचो रहेको उनको भनाइ छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको ११औं अधिवेशनको शुक्रवार बुटवलमा उद्घाटन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले यहाँको विकास निर्माणका लागि बजेटको कमि हुन नदिने बताए । उनले नागरिक उड्डयन प्राधिकरण तथा मन्त्रालयको कमजोरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल राम्रोसँग नचलेको धारणा राख्दै कमजोरी सच्चाएर अगाडि बढ्नुपर्ने बताए । 

एमाले नेता पौडेलले विमानस्थल सञ्चालनका लागि व्यावसायीले गरेको दबावमूलक आन्दोलनमा ऐक्यवद्धता समेत प्रकट गरे । उनले विमानस्थल आवश्यकताले बनेको र सञ्चालन गरेर देखाइने स्पष्ट पारे । भैरहवामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकताले नै निर्माण भएकाले सञ्चालन हुनेमा ढुक्क हुन उनले आग्रह गरे । ‘विमानस्थाल सञ्चालन होस, यो सबैको चाहना छ । ढिलो भएको छ, यो चाहिन्छ, चाहिएर बनाइएको हो, यो चल्छ हामीले चलाएर देखाउँछौं’ पौडेलले भने, ‘सञ्चालनमा ल्याउन कुन–कुन निकाएको कमजोरी छ त्यसलाई सुधार गरेर अघि बढौं ।’ 

पौडेलले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र सञ्चालनका लागि उपयुक्त कार्यविधिबारे आफूले सुझाव दिएको र यी केन्द्र पनि छिट्टै संचालनमा आउने उनले बताए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ तोकिएको विषयलाई अब उठाउन जरुरी नभएको बताउँदै उनले भने ‘जे हुनु थियो वा जे नहुनु थियो त्यो भयो, छोड्दिनुस, कति दिन पिरोलीने ?’  स्थायी राजधानी दाङ  भए पनि पूर्वाधार र विकासमा बुटवललाई उछिन्न नसक्ने दाबी गर्दै पौडेलले व्यावसायीहरुलाई निराश नहुन आग्रह गरे  ।

कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपाल, निर्वतमान अध्यक्ष हिराध्वज शाह, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्ले, संघका अध्यक्ष रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, संघका सल्लाहकार गोपाल राना, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले पर्यटन क्षेत्रका बारेमा चर्चा गरेका थिए । 

कार्यक्रममा पत्रकार यमलाल भुसाललाई कालीदास स्मृती पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो । भुसाललाई नगद १० हजार राशीसहित संघले सम्मान गरेको हो । अधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।