१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १७:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमिसनका लागि पाठ्यपुस्तक परिवर्तन, शुल्क वृद्धिजस्ता कार्य नगर्न विद्यार्थी संगठनहरूको चेतावनी

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १७:५६:oo

कञ्चनपुरका विद्यार्थी संगठनहरूले सरकारी तथा निजी विद्यालयलाई कुनै पनि बहानामा बदमासी नगर्न चेतावनी दिएका छन् । नयाँ शैक्षित्र सत्रको पूर्वसन्ध्यामा जिल्लाका पाँच विद्यार्थी संगठनले भर्ना, पाठ्यपुस्तक, दिवा खाजाजस्ता नाममा अनियमितता नगर्न चेतावनी दिएका हुन् ।

कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी, एकीकृत समाजवादीनिकट अनेरास्ववियू र राप्रपानिकट प्रजातान्त्रिक विद्यार्थी संघले भर्ना शुल्क वृद्धि, पाठ्यपुस्तक परिवर्तन र दिवाखाजामा अनियमितता नगर्न सचेत गराएका छन् । पाँचै विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालयमा हुने बेथिति र निजी विद्यालयले आफूअनुकूल शुल्क वृद्धि, पाठ्यपुस्तक परिवर्तन गर्नेजस्ता काम नगर्न आग्रह गरेका छन् ।

सरकारले इन्धनको मूल्य घटाउँदासमेत यातायात व्यवसायीले भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गरी कार्यान्वयन गराउने र यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुटलाई समेत कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।

उनीहरूले अवैधानिक रूपमा सञ्चालित ट्युसन सेन्टर, कोचिङ सेन्टर, भाषा सिकाउने सेन्टरलाई सात दिनभित्र नियमसम्मत दर्ता भएर मात्र सञ्चालन गर्न अल्टिमेटम दिएका छन्। निर्धारित समयमा स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा चैत ३० गतेभित्र निर्वाचन सम्पन्न गराउनसमेत उनीहरूले जिल्ला प्रशासन र क्याम्पस प्रशासनलाई अनुरोध गरेका छन् ।