१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस सुर्खेत
Invalid date format १२:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली समाजवादको खाका कुनै पार्टीसँग छैन : जनार्दन शर्मा

Read Time : < 1 मिनेट
रासस, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपाली समाजवादको खाका कुनै पार्टीसँग नभएको बताएका छन्। 

पार्टीको केन्द्रीय संगठन विभागअन्तर्गत कर्णाली प्रदेश समितिद्वारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तर्क्रिया कार्यक्रममा संगठन विभाग प्रमुखसमेत रहेका शर्माले पार्टीले अब समाजवादको स्पष्ट खाकासहित जानुपर्ने बताए । उनले अब केही दिनमै समाजवादी मोर्चाको घोषणा हुने दाबी गरे ।

‘समाजवादी मोर्चाबारे माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र नेपाल समाजवादी पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको छ, यद्यपि घोषणा हुन बाँकी छ,’ शर्माले भने । उनले संगठन संघर्षबाट विमुख हुँदा पार्टीले अपेक्षित गति लिन नसकेको भनाइ राखे । 

उनले प्रदेश सरकारको पुनर्गठनबारे केही दिनमै केन्द्रीय गठबन्धनले निर्णय गर्ने जनाउँदै माओवादी कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गरे। अभियानका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका उपमहासचिव शर्माले आन्तरिक स्रोत–साधनसँग प्रविधिको प्रयोग गरी पार्टीलाई अगाडि बढाइने बताए।