१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीमा माओवादी र कांग्रेसको आलोपालो सरकार हुन्छ : उपमहासचिव शर्मा

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १२:२८:oo

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले कर्णालीमा माओवादी र कांग्रेसले आलोपालो सरकारकाे नेतृत्व गर्ने बताएका छन्। 

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा प्रेस संगठन नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा केही दिनमै केन्द्रको राजनीतिक संयन्त्रबाट कर्णाली प्रदेश सरकारलाई सरकारमा एमालेलाई हटाएर कांग्रेसलाई सहभागी गराउने तरिकाले निर्देशन आउने बताएका हुन्।

कर्णालीमा आलोपालो माओवादी केन्द्र–कांग्रेस सरकारको नेतृत्व गर्ने र अहिलेको सरकारले नै निरन्तरता पााउने शर्माले बताए।

‘यो अलमल धेरै रहँदैन । केन्द्रीय गठबन्धनको नेतृत्वले केही दिनमै यहाँको अलमल हटाउने गरी निर्देशन दिन्छ,’ उनले भने, ‘एमालेसँग हाम्रो त्यस्तो ‘डिपलभ’ परेको छैन । यहाँ कांग्रेस सरकारमा सहभागी हुन्छ । आलोपालो सरकारको नेतृत्व गर्ने गरी माओवादी–कांग्रेसबीचमा सहमति भइसकेको छ ।’

केन्द्रमा भएको सत्तागठबन्धनसँगै अबको केही दिनमा कर्णाली प्रदेश सरकारमा कांग्रेस सहभागी हुने शर्माले बताए। 

शुक्रबार बिहान कांग्रेस कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीसँग सरकारका विषयमा छलफल भएकोसमेत शर्माले बताए।

‘माओवादी नेतृत्वको सरकारमा कांग्रेसका मन्त्रीहरू सहभागी हुने र एमालेले पाएको सभामुखलाई केही हुँदैन,’ उनले भने, ‘कर्णालीमा सरकार परिवर्तन नभई यही सरकारमा अन्य दल सहभागी हुनेछन्।’

कर्णालीमा मुख्यमन्त्री राजकुमार शर्माले चैत १७ गते विश्वासको मत लिँदा कांग्रेससहित एमालेले पनि विश्वासको मत दिएको थियो। कर्णालीमा हाल एमालेका तीनजना मन्त्री छन् भने कांग्रेस विश्वासको मत दिएर पनि सरकार बाहिर छ।