Skip This
आँधीका कारण १० लाख बढी क्यानडेली अन्धकारमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
रासस मन्ट्रियल
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आँधीका कारण १० लाख बढी क्यानडेली अन्धकारमा

Read Time : < 1 मिनेट
रासस, मन्ट्रियल
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

क्यानडाको पूर्वी भागमा शक्तिशाली आँधीका कारण विद्युत् प्रसारण लाइन अवरुद्ध हुँदा १० लाखभन्दा बढी मानिस अन्धकारमा बस्न बाध्य भएका छन्।

असिनासहितको वर्षाले कठ्यांग्रिने चिसो बढेका वेला बिजुली नहुँदा आँधी प्रभावित भेगका जनता न्यानो रहन वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन्। स्थानीय समयानुसार बिहीबार बिहानसम्म क्युबेक प्रान्तका १० लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका विद्युत् सेवा प्रदायक कम्पनीले जनाएको छ।

आँधीले तहसनहस पारेका बोटविरुवा पन्छाउन तथा तिनका हाँगाबिँगाले भरिएका सडक र थिचिएका संरचना सफा गर्न नगरवासीलाई हम्मेहम्मे परेको छ। अधिक चिसोका कारण उनीहरूलाई थप सकस भएको छ। हिउँले लच्किएका बिजुलीका तार रुखमा लत्रिँदा विद्युत् आपूर्तिमा समस्या भएको छ।

सहायताका लागि नगरप्रमुख र सुरक्षाकर्मीलाई बारम्बार फोन आएको थियो। यद्यपि, उनीहरूले थप सतर्क रहन आग्रह गरेका थिए। नगरका प्रमुख भ्यालेरी प्लान्टेले परिस्थिति सामान्य हुनेबित्तिकै सरसफाइ तथा जनसहयोगका कामलाई तीव्रगतिमा अघि बढाउने बताएका छन्।