१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार ११:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भिभो वाई सिरिजका स्मार्टफोन, के-के छन् विशेषता ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:५३:oo

अहिले भिभोको वाई सिरिजका स्मार्टफोनको चर्चा चलेको छ। डिजाइन, डिस्प्ले, इमेजिङ प्रणालीजस्ता विभिन्न विशेषताले गर्दा यी  स्मार्टफोनको चर्चा चलेको हो।भिभोले नेपालमा प्रयोगकर्ताहरू र समीक्षकहरूबाट वाई सिरिजका स्मार्टफोनको प्रभावशाली कार्यसम्पादन क्षमताका लागि राम्रो प्रशंसा पाएको छ।

यद्यपि, फोनले यी सबै सुविधालाई समर्थन गर्न यसको प्रशोधन शक्ति, गतिशील र्‍याम र बलियो ब्याट्रीमा निर्भर गर्दछ। भिभोको वाई सिरिजका स्मार्टफोन यी सबै विशेषतायुक्त रहेकाे कम्पनीले जनाएकाे छ।

भिभो वाई सिरिजका उत्कृष्ट स्मार्टफोन

वाई १५सी

वाई १५सी मा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ जसले दैनिक प्रयोगका लागि पर्याप्त ब्याट्री जीवन प्रदान गर्दछ । एक फुल चार्जले वाई १५सी मा १७ घन्टाभन्दा बढी एचडी चलचित्र हेर्न वा आठ घन्टाभन्दा बढी नन–स्टप गेमिङलाई समर्थन गर्न सक्छ।

यस्तै, रिभर्स चार्जिङ समर्थन गर्ने भएकाले यसलाई पावर बैंक जसरी अन्य उपकरणहरू चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ। फोनमा ३ जिबी र्‍याम र ३२ जिबी स्टोरेज छ । यसबाहेक, फोनमा १३एमपी एआई डुअल ब्याक क्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेरा छ। यो स्मार्टफोन हाल देशभर रु १४,९९९ मा उपलब्ध छ।

वाई १५एस

यो स्मार्टफोनमा शक्तिशाली तथा लामो समयसम्म चल्ने ५००० एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी छ। प्रयोगकर्तालाई पर्याप्त स्टोरेज सुनिश्चित गर्न यसमा ३ जिबी र्‍याम र ६४ जिबी रोम रहेको छ। यसमा मल्टिटर्बो ३.० प्रविधि छ जसले राम्रो नेटवर्क कार्यसम्पादन, द्रुत शीतलता, द्रुतकार्य, र एपहरूबीच सिमलेस अनुभव प्रदान गर्दछ।

फोनमा १३ एमपी एआई डुअल ब्याक क्यामेरा र आठ एमपी फ्रन्ट क्यामेरा छ जसबाट प्रयोगकर्ताहरूले आकर्षक सेल्फी लिन सक्ने कम्पनीले जनाएको छ। अप्रिल महिनाबाट यसको नयाँ मूल्य रु. १७,९९९ मा उपलब्ध छ।

वाई २०एस

वाई २०एसले पनि उत्कृष्ट प्रदर्शन र गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसको ५००० एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङको साहयताले ६९ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएकाे छ।

यसमा क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, चार जिबी र्‍याम र १२८ जिबी स्टोरेज रहेको छ जसलाई २५६जिबीसम्म विस्तार गर्न सकिन्छ। कम्पनीका अनुसार गेमिङ अनुभवलाई फोनको अल्ट्रा गेम मोडले थप परिष्कृत गरेको छ, जसलाई ई–स्पोर्टस् मोड र पप–अप विन्डो अप्टिमाइजेसनसँग बढाइएको छ । यो स्मार्टफोन अप्रिल महिनादेखि रु. २३,९९९ मा उपलब्ध छ।

ad
ad