१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अल्पमतमा परेका मुख्यमन्त्रीलाई चाँडो निकास दिन सांसदहरूको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:२५:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी अल्पमतमा परेको भन्दै चाँडो निकास दिन विपक्षी दलका सांसदहरूले आग्रह गरेका छन्।

प्रदेश सभा बैठकमा विशेष समयमा सोमबार बोल्दै उनीहरूले अल्पमतमा परेको सरकारले संसदमा विधेयक प्रस्तुत गर्न नसक्ने तर्क राख्दै मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्। 

उनीहरूले अल्पमतका कारण काम चलाउको अवस्थामा सरकार रहेको टिप्पणीसमेत गरे। कांग्रेस सांसद सुधाकर पाण्डेले संविधानअनुसार अल्पमतको काम चलाउ सरकारले विधेयक ल्याउन नमिल्ने जिकिर गर्दै मुख्यमन्त्रीले बाटो सहज बनाउनुपर्ने धारणा राखे। 

त्यस्तै, अर्का जसपाका सांसद भण्डारीलाल अहिरले अल्पमतको सरकारले नैतिकताको ख्याल गरेर चाडो निकास दिनुपर्ने बताए।

नेकपा एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीले बजेटदेखि जनताका सरोकारका विषय प्रभावित हुने भन्दै अल्पमतमा परेको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने बताइन्। कांग्रेस सांसद बैजनाथ कलवारले अल्पमतको सरकारले तुरुन्त मार्गप्रशस्त गर्न अनुरोध गरे। 

सत्तापक्षका सांसदले मार्ग प्रशस्त गर्न जोडदार माग गरेपछि बोलेका एमालेका सांसद गीरधारीलाल न्यौपानेले विधि विधानविपरीत एमाले सत्तामा नबस्ने बताए। प्रदेश सभा बैठकमा प्रदेशका पूर्वमन्त्रीसमेत रहेका जनमत पार्टीका चन्द्रकेश गुप्ताले सदन समयमै सुरु हुनुपर्ने बताए। 

त्यस्तै, प्रदेश सभा बैठकमा सांसदहरू जानकी न्यौपाने, हेमा बेल्वासे, सुरुल पुन, तारा थापा, यमुना रोका तामाङले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

त्यस्तै, प्रदेश सभा सदस्यहरू निमा गिरी, मीनाकुमारी श्रेष्ठ, राजकुमार चौधरी, प्रचण्डविक्रम न्यौपानेलगायतले विभिन्न विषय उठाए। प्रदेश सभा सदस्यहरूले मिटरब्याजको समस्यादेखि भारतीय तरकारी तथा फलफूलको आयातका विषय तथा गुणस्तरहीन मदिराका विषयमा पनि कुरा राखेका थिए। 
 

ad
ad