१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाली सेनाको हिमाल सफाइ अभियानमा युनिलिभरको सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३१:oo

युनिलिभरले नेपाली सेनाले सञ्चालन गर्ने हिमाल सफाइ अभियानमा सहकार्य गर्ने भएको छ । कम्पनीले ‘विश्वलाई दिगो साझा वासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा, ‘हिमाल सरसफाइ अभियान २०२३’ मा नेपाली सेनासँग सहकार्य गरेको हो । 

नेपालका लागि जे राम्रो छ, त्यसको पक्षमा उभिने र विश्वास गर्ने हुनाले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग तेस्रो सहकार्य गरेको युनिलिभरले जनाएको छ । हिमालको संरक्षण गर्ने र चुचुरा–हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको कम्पनीको भनाइ छ । 

यस वर्षको अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण, बरुणत्से हिमालहरूको सफाइ गर्दैै ३५ टन फोहर संकलन गर्ने लक्ष्य राखेको जनाइएको छ । फोहोरमुक्त विश्वका लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण रणनीतिको केन्द्रमा रहँदै आएको युनिलिभरले जनाएको छ । 

हिमाल सफाइमा सहकार्यको घोषणा गर्दै युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘यो निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौँ ।’ नेपाललाई आफ्ना शिखरहरूका लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेका कारण यसका लागि हिमालहरूको सफाइभन्दा अर्को राम्रो कारण फेला नपारेको उनको भनाइ थियो ।