१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस तेहरान
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सार्वजनिक स्थलमा कपाल देखाएको भन्दै इरानमा दुई महिला पक्राउ

Read Time : < 1 मिनेट
रासस, तेहरान
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

सरकारले जारी गरेको पोसाकसम्बन्धी आदेश उल्लंघन गरी सार्वजनिक रूपमा कपाल देखाएको अभियोगमा इरानमा दुई महिला पक्राउ परेका छन्।

तेहरानको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए। सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ गरिएको मिजान समाचार समितिले जनाएको छ।

इरानको न्यायपालिकाले ती महिलालाई कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ। इरानमा महिलाले टाउको नढाक्नु गैरकानुनी मानिन्छ। यसअघि हिजाब अनिवार्य लगाउनुपर्ने कानुनी व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै देशमा महिनौँदेखि विरोध प्रदर्शन भइरेहका छन्। 

सार्वजनिक रूपमा हिजाब नलगाउनु इरानमा महिलाहरूका लागि गैरकानुनी भए पनि ठूला सहरहरूमा धेरैले हिजाब लगाउँदैनन्। कानुनप्रतिको क्रोध र निराशाले इरानी समाजमा असन्तुष्टि बढाएको छ।

तेहरानको धार्मिक प्रहरीले नियमअनुसार हिजाब नलगाएको आरोपमा गत सेप्टेम्बरमा हिरासतमा लिइएकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशभर विरोध प्रदर्शन जारी छ। हजारौँलाई पक्राउ गरिएको छ भने चार प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ। 

इरानी राष्ट्रपति इब्राहिम रायसीले इरानी महिलाहरूले हिजाबलाई धार्मिक आवश्यकताको रूपमा लिनुपर्ने भन्दै त्यसको पालना गर्न निर्देशन दिएका छन्। ‘हिजाब कानुनी कुरा भएकाले त्यसको पालना गर्नु अनिवार्य छ,’ उनले भनेका छन्।