Skip This
शाहीलाई रिजालकाे जवाफ- जुम्लाका ज्ञानेन्द्रले काठमाडौंका ज्ञानेन्द्र बचाउँछु भन्नु दिवा सपना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Friday, 25 October, 2024
मुख्य समाचार डिजिटल संस्करण

शाहीलाई रिजालकाे जवाफ- जुम्लाका ज्ञानेन्द्रले काठमाडौंका ज्ञानेन्द्र बचाउँछु भन्नु दिवा सपना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १२:५३:oo

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन खोज्नु दिवा सपनाको टिप्पणी गरेका छन्। 

उनले पार्टी सुदृढीकरण अभियानको क्रममा जुम्लाका पत्रकारसँगकाे भेटघाटमा यस्तो टिप्पणी गरेका हुन्। जनताले सदाका लागि बिदा गरेको राजतन्त्रलाई फेरि फर्काएर ल्याउँछु भन्नु गलत र अतिरञ्जित विचार हुन्। 

उनले भने, ‘राजतन्त्र फर्काउँछु, सत्तामा ल्याएर आउँछु भन्नु गलत विचार हो। यस्ता विचारलाई विश्वास गर्न आवश्यक छैन। यस्ता अभिव्यक्तिप्रति अहिलेदेखि नै राजनीतिक दलहरूका पार्टीले ध्यान दिन आवश्यक छ। हिजो लाखौँ सेना, प्रहरी भएको, परम्परागत शक्ति भएको ज्ञानेन्द्रलाई कसैले बचाउन सकेन। अहिले बचाउँछु भन्नु गलत हो। यसप्रति नेपाली जनताको विश्वास छैन।’

लामो इतिहासको कालखण्डमा लोकतन्त्र र गणतन्त्र नेपालमा बहाली भएको बताउँदै नेता रिजालले यही लोकतन्त्र र गणतन्त्रकाे जगमा टेकेर निर्वाचित भएर संसदमा पुगेका शाहीले राजा फर्काएर ल्याउनु भन्नु दिवा सपना भएको टिप्पणी गरे। नेता रिजालले भने, ‘बोल्न पाउनुपर्छ। आफ्ना अभिव्यक्ति, विचार राख्नु पाउनुपर्छ भनेर लोकतन्त्र र गणतन्त्र ल्याएको हो। हिजो राजाका पालामा यसरी बोल्न पाउँथे ? बोल्ने, अभिव्यक्ति राख्नेलाई जंगलमा लिएर गोली हानेर मारिन्थ्यो। अहिले लोकतन्त्रकै कारण सांसद ज्ञानेन्द्र शाहीले यति बोल्न पाएका हुन्।’

केन्द्रीय सदस्य रिजाल एक महिनादेखि जुम्लामै रहेर पार्टी सुदृढकरण अभियानमा छन्। पार्टीलाई मजबुद बनाउन यो अभियानको थालनी गरिएको उनले बताए।