मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७९ चैत १७ शुक्रबार ११:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले चाहे केही दिनमै गठबन्धन भत्किन्छ : उपाध्यक्ष पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार ११:२५:oo

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरेका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। 

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए। 

‘अहिले म तिथिमितितिर जान्नँ। मैले यति भनेँ कि हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो,’ उनले भने, ‘यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ। यदि एमालेले त्यो आवश्यकता महसुस गर्‍याे भने केही हप्ताको काम हुन्छ।’

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाए। उनले नेता रावलले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको बताए। आउने निर्वाचनमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको उनले बताए।